Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

युवायूवती बयस्क समारोह

नेपालमा पनि युवा यूवती बयस्क समारोह एक राष्ट्रिय दिवस हुनुपर्छ। युवा यूवती भनेका देशको सूर्य , तारा , जुन , दियो , बत्...






नेपालमा पनि युवा यूवती बयस्क समारोह एक राष्ट्रिय दिवस हुनुपर्छ।

युवा यूवती भनेका देशको सूर्य
, तारा, जुन, दियो, बत्ती आदि प्रकाश दिने जस्तै मात्र नभएर हिरामोती पनि हुन। उनीहरु देशका भविष्यका कर्णधार दाजु दिदी, आमा बुबा, हजूरबा हजूरआमा सबै हुन।  डाक्टर हुन, इन्जिनियर हुन, कालिगढ हुन, नेता हुन, प्रधानमन्त्रि एवं राष्ट्रपति पनि हुन। यो कुरा धेरैले बुझेसुझेका छन्।

तर बुझेर पनि नबुझे झैं गर्ने, देखेर पनि नदेखे झैं गर्ने, सुनेर पनि नसुने झैं गर्ने देशका जिम्मेवार अधिकारीहरु, नेतृत्वबर्ग र सरकार मानौं यिनीहरु निक्को स्राइनका तीन बुद्धिमानी बाँदरहरु मिजारु, किकाजारु, युवाजारु
हुन जसले आफ्नो फाइदाको लागि उल्टो हर्कत देखाउँछ।

देश बिदेश लगायत जापानमा बर्षेनी क्यालेण्डरमा सार्वजनिक रुपमा बयस्क समारोह उल्लेख गरेर देश
, प्रदेश, सीटी, गाउँघर सबै तहमा २० बर्ष पुगेका नव युवा यूवतीहरुलाई सही मार्गदर्शन दिन “युवायूवती बयस्क दिवस” आयोजना गर्ने गरिन्छ। यसलाई अंग्रेजीमा Coming of Age Day र जापानीमा 成人の日(सेइजिन नो हि) पनि भनिन्छ। यसरी सिंगो राष्ट्रले उर्जाशील उमेरका नव युवा यूवतीहरुलाई उत्प्रेरणा सहित मार्गदर्शन प्रदान गर्नु ब्यक्तिको लागि मात्र होइन, सिंगो राष्ट्रका लागि पनि पहिलो ठूलो महत्वपूर्ण लगानी हुने कुरामा कसैले नकार्न सक्दैन।

कुनै पनि कार्य सही ढंगले सम्पन्न गर्न
Time, Person, Material जस्ता मुख्य स्रोतहरुको (TPM management) कौशलतापूर्वक ब्यवस्थापन हुन अति आवश्यक छ। युवा यूवती भनेका देशका लागि यि तीनै आधारभूत स्रोतहरुको पनि आधार हुन जसको अपुगले देशको अस्तित्व नै नामेट रहने संभावना रहन्छ। त्यसैले होला बिकास सम्पन्न देशहरुमा यो कुराले औपचारिक तथा ब्यवहारीक मान्यता पाउँदा पनि बिकासोन्मुख देशका युवा यूवतीहरु भने यो अवसरबाट बञ्चित रहनु परेकोछ।


नेपालको यही स्थितिलाई तिखो आलोचना गर्दै सचेत हाँस्यकलाकार (कमेडियन) मनोज गजुरेल भन्छन् – “नेपाल मे पानी, नानी और जवानी रह नही पाई!” उनको यो हसाउँने शब्दसंगै नेपालबाट बर्षेनी धेरै युवायूवातीहरु रोजगारको सिलसिलामा ताँति लागेर बिदेश पलायन हुने वास्तविकताले मुटु च्वाँस्स छुन्छ। ब्यवहारीक सीप, सही मार्गदर्शन र अवसर पाउँनुबाट बञ्चित नेपाली युवा युवतीहरुले राष्ट्रलाई धेरै योगदान दिन नसक्नुमा यो एउटा मुख्य कारण हो।

 देश अनुसार १८ बर्ष देखि २० बर्ष उमेर पुगेका नवयुवा नवयूवतीहरु कानूनी तथा सामाजिक रुपमा बयस्क भएको मान्यता पाउँने गर्छन्। आफुलाई नेतृत्व दिने राजनीतिक निर्वाचनको समय भोट दिने अधिकार देखि सम्पत्ति आफ्नो नाममा जोड्ने बेच्ने अधिकार पनि पूर्ण रुपमा प्राप्त हुन्छ। कतिपय आफ्ना अभिभावकबाट अलग भएर एकल जीवन यापान गर्न लागिपर्ने गर्छन्। यो उमेर पुगेका ब्यक्तिलाई कानूनत अभिभावकको संरक्षण आवश्यक पर्दैन। कतिपय ब्यक्तिहरु अन्य सामान्य ब्यक्ती सरह निर्धक्क मादक पदार्थ र धुम्म्रपान किनमेल र सेवन गर्न थाल्छन्। ज्ञातरहोस्, प्रत्येक अधिकारसंगै निश्चित जिम्मेवारी पनि सगै आउँने गर्छ। यो उमेर समूहका ब्यक्तिहरु कानूनत आफुले गरेको अपराध उपर आफै पूर्ण रुपमा जवादेही हुने छन्।

#बयस्कसमारोह  #बयस्कदिवस  #ComingOfAgeDay #AdultDay, #AdultCeremony  #Responsibility  #Rights  #新成人の日   #成人式

नोटः
1.       🙈 मिजारु (SEE-NO-EVIL MONKEY जसले नराम्रो कुरो हेर्दैन),
2.      🙉 किकाजारु (HEAR-NO-EVIL MONKEY जसले नराम्रो कुरो सुन्दैन),
3.      🙊 युवाजारु (SPEAK-NO-EVIL MONKEY जसले नराम्रो कुरा बोल्दैन)

Above photo sources:
1. Adult Ceremony Buzzfeed News

2. Seijin Shiki, Fukuoka City News

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery