Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

नेपालमे पानी, नानी और जवानी नेपाल मे ही सदुपयोग होना चाहिए - मनोज गजुरिएल कमेडी। कुरो पुरानै भएपनि खेतिपाती गर्ने तौरतरिकामा समय...

नेपालमे पानी, नानी और जवानी नेपाल मे ही सदुपयोग होना चाहिए - मनोज गजुरिएल कमेडी।

कुरो पुरानै भएपनि खेतिपाती गर्ने तौरतरिकामा समय, भौगोलिक स्थिति, स्रोतसाधन आदिलाई ध्यानमा राखेर बिकास गरेको स्वाबलम्बी प्रविधिले नेपाल जस्तो गरिब कृषि मुलुकको लागि मेरुदण्ड सावित नहुने कुरै भएन।

नेपालको स्वच्छ हावा, पानी, नवजवान नानी र जवानी सबै नेपालको प्राकृतिक स्रोतसाधन हुन। यिनलाई सहि ढंगले सदुपयोग गर्न सके आधारभूत आवश्यकता आफै पुरा हुन्छ।

यो बारे पढेर बिशेषज्ञ नभए पनि देखेर, सिखेर, अनुभव गरेर ज्ञान बटुले जस्तै मैले पनि जानेको कुरो नेपालको लागि सबै भन्दा ठूलो कुरो पानीको बन्दोबस्तो हो। समुन्द्र वरिपरी नभएर त्यसैपनि पहाडी मुलुक नेपालले पानीको संचय एवं सदुपयोगलाई राम्रो पूर्वाधार निर्माण सहित ब्यवस्थापन मात्र गर्न सके खानेपानी, बिजुली, खेतिपाती, माछापालन, हरियाली, मनोरञ्जन आदिको लागि नेपाल धनी बन्न सक्ने छ।

उदाहरणको लागि चीनले ब्रम्हापुत्र नदीलाई समेत रोक्ने गरी हजारौं ड्याम निर्माण गरीसकेको छ। म्यानमार, थाइल्याण्ड, लाओस तिर बग्ने नदीहरुमा पानीको बहाव घटेर चीनलाई बिरोध समेत गरेको समाचार आएको छ। जापानमा साना तिना नदी खोलामा समेत आवश्यकता अनुसार हजारौं ड्याम निर्मण गरेर खेतिपाती सिंचााई लगायत वनजंगल हरियाली राख्न सफल भएको छ। समुन्द्र वरिपरी भएर पनि सिचाईको लागि बढी पानी प्रशोधन गर्दा बढी महंगो हुने भएकोले नदीको पानीलाई सबै ठाउँमा प्रयोगमा ल्याएको पाइन्छ।

नेपालको पहाडी चुरो कन्दरा गल्छेडो सबै ठाउँम उपयोगीता हिसाब गरेर पाकेट रिजभ्वाएर सहित ठूला ठूला ड्याम निर्माण गर्न सके त्यसले दिने आम्दानी उपयोगीताले समुन्द्रको अभाव मेट्न सक्ने छ। पानी प्रशस्त हुँदा झारपात उम्रन नसक्ने चुरो र सुख्खा डाडा काँडा समेत हरियाली हुनेछ। फलफूल प्रचुर मात्रमा फल्नसक्ने छन्।

र अन्तमा अनिकाल भन्ने कुराले नेपाललाई छुने छैन।



No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery