Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूल...

Image result for For lease and rent


सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन।

घर बहाल सम्झौता
लिखितम् __________________ को नाती/नातिनी/बुहारी _____________________ को छोरा /छोरी/पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________(जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________को नाती/ नातिनी/बुहारी _______ _________ को छोरा/छोरी/पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका/नगरपालिका __ नं. वडा ________ _____ टोल बस्ने बर्ष ____ को ________ _______________(जसलाई यस पछि दोस्रो पक्ष भनी सम्बोधन गरिनेछ) का बिच निम्न शर्त तथा बन्देजहरुको आधारमा करार ऐन, २०५६ बमोजिम तल उल्लेखित ब्यहोरा भएको घर नं.________ को भुँईतला फ्लाट बहालमा लिन दिन दुबै पक्ष मञ्जुर सहमत भई यो करारनामाको कागजमा निम्न साक्षीहरुको रोहबरमा सहिछाप गरी एक/एक प्रति लियौं/दियौं।
शर्तहरुः
१) पहिलो पक्षले भूँईतलामा रहेको नयाँ रंग रोगन सफासुग्घर भई पूर्णरुपमा संचालित,  चारवटा सिलिंग फेन, बल्ने विजुली वलसहितको दुई बेडरुम, एक किचन, एक लिभिंग तथा डाइनिंग, ट्वाइलेट, गिजर बाथटब सहितको बाथरुम तथा वासरुम दोस्रो पक्षलाई दैनिक पारिवारीक बसोबासको लागि भाडामा उपलब्ध गराउँनेछ।
२) दोस्रो पक्षले शर्त नं. १ उल्लेख भएको घर फ्लाट भाडामा लिए वापत मासिक रु. १३,०००/‌- भाडा रकम प्रत्येक महिनाको अन्तिम दिन सम्ममा पहिलो पक्षलाई भुक्तानी गर्नुपर्नेछ।
३) बिजुली र पानीको मासिक महशुल प्रचलित नियमानुसार हिसाब गरी दोस्रो पक्षले पहिलो पक्षलाई भुक्तानी गर्नेछ।
४) शर्त नं. २ मा उल्लेखित घरकोठाको भाडा रकम प्रति बर्ष प्रचलित दर अनुसार आपसी सहमतिमा बृद्धि हुनेछ।
५) कुनै पनि पक्षले यो करार सम्झौता भंग गर्नुपरेमा नियमानुसार ३५ दिने पूर्व मौखिक र लिखित दुबै रुपले सम्बन्धित पक्षलाई जानकारी दिनुपर्नेछ। यो नहुँदा सम्झौता समाप्त भएको ठहरीने छैन।
६) दोस्रो पक्षले घरकोठा दैनिक उपभोग गर्दा संरचना एवं वनावटलाई संभावित हानीनोक्सनी हुने कुनै पनि कार्य गर्न पाउने छैन।वाल तथा फ्लोर फुटाउँनु, ड्रिलगर्नु, काटी ठोक्नु, झ्यालढोका खुल्ला छोडेर बिगार्नु, ब्याभिचारी ढंगले फोहोरमैला एवं जताभावी रंग गर्न महनाही छ।
७) घरको संरचनालाई असर नपर्ने सानातिना दैनिक आवश्यक पर्ने मर्मत तथा संभार कार्य दोस्रो पक्षले पहिलो पक्षलाई पूर्व सूचना दिएर आफ्नै खर्चमा गर्नसक्नेछ।जस्तैः पानीधाराको सफाई, पानीटेप हाल्ने, बिजुलीको बल्ब फेर्ने, चुक्कुल मर्मत गर्ने आदि।
८) आकस्मिक बिजुलीसेवाको लागि इन्भर्टर सिस्टम जडान गर्नुपरे घर र बिजुलको संरचनालाई असर नपार्ने गरी दोस्रो पक्षले आफ्नै खर्चमा गर्नुपर्नेछ। तर यो कार्य गर्न अघि पहिलो पक्षसंग पूर्व अनुमति लिनुपर्नेछ।
९) दोस्रो पक्षले दैनिक प्रयोगमा आउँने भित्री भाग र बाहिरी भाग बरण्डा, सिडी, ग्यारेज आदिको सरसफाई दुरुस्त राख्नुपर्नेछ। फोहोरमैलालाई प्रकृति र सूचना अनुसार कुहिने, जल्ने, रिसाइकल हुने(मेटल, प्लास्टिक, शिशा) र पुर्ने समूहमा छुट्टयाएर नियमानुसार कन्टेनरमा राख्नु पर्नेछ।
१०) दोस्रो पक्षले परिवारको लागि प्रयोग हुने मोटरसाइकल, साइकल, बेबीकार आदि पहिलो पक्षसँग अनुमति लिएर बाह्रिय पार्किंग गर्नुपर्नेछ।
११) दोस्रो पक्षले थपेको संरचना एवं सेवा यो करार सम्झौता समाप्त हुने समय हटाएर पूर्व यथास्थितिमा ल्याएर राख्नुपर्नेछ। प्रयोग भएका कोठा तथा बस्तुहरु सबै दुरुस्त सरसफाई गरेपछि मात्र पहिलो पक्षले करार समाप्त गर्ने सहमति दिनेछ।
१२) दमक नगरपालिकाको नियमानुसार पारिवारीक बसोबासको लागि भाडामा लिएका ब्यक्तिगत प्रयोजनका घरभाडामा कर लाग्ने छैन। 
१३) यहाँ उल्लेख हुन नसकेका कुराहरु आवश्यक परेको खण्डमा प्रचलित नियमानुसार हुनेछ।

पहिलो पक्ष
सही___________________________
नामथरः_________________________
नाप्रनः__________________________
फोनः __________________________
दोस्रो पक्ष
सही___________________________
नामथरः_________________________
नाप्रनः__________________________
फोनः __________________________
सम्झौता जारी मितिः_________________________ सम्झौता सम्पन्न मितिः_________________________
उपस्थित साक्षीहरुः
नामथरः___________________________ सहीः_________________________
नामथरः___________________________ सहीः_________________________
नामथरः___________________________ सहीः_________________________
नामथरः___________________________ सहीः_________________________
उपस्थित रोहबरः
नामथरः___________________________ सहीः_________________________
नामथरः___________________________ सहीः_________________________

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको घरधनी र घर बहालमा बस्ने व्यक्ति बीच हुने बहाल सम्झौताको ढांचा सम्बन्धमा- महा/उपमहा/नगरपालिकाको कार्यालय (सबै)



No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery