Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

अन्तिम संस्कार: बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर

🙏 हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏 ॐ श्री मातृपितृ चरणकमलेभ्यो नमः ।। संसारी मायाँ बिचित्र मरेर के पो लान्छ र। नगर ब्यर्थै लोभी मन...

🙏हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏

ॐ श्री मातृपितृ चरणकमलेभ्यो नमः ।।

संसारी मायाँ बिचित्र मरेर के पो लान्छ र।

नगर ब्यर्थै लोभी मन छोडेर जान्छ ब्यर्थैको धन।।

आखिर एक पेट खानु छ हासी खुसी जिउनु छ।

अधर्म कहिले न सोच्नु सके पुण्य कमाउनु ।।




हाम्रो पूजनिय बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर बि.सं. २०८१ साल ४ महिना ११ गते (AD2024-7-26) शुक्रबार विहान सबेरै ३:१५ बजे तिर आफ्नो पार्थीव शरिर त्यागेर अनन्त्य स्वर्गबास हुनुभएको थियो। केही दिन अघि उपचारको क्रममा धरान बिपि मेमोरियल अस्पतालमा उपचारत हुदै गर्दा स्वंय बुबाको अन्तिम ईच्छाले चाहे अनुसार खटिएका डाक्टर एवं परिवारका सदस्यहरुको राय सल्लाहले बिहिबार बेलुकी आफ्नै दमक निवासमा फर्किनु भएको थियो। मुत्यु हुँदा रातको समय घरमा आमा, दिदीभिनाजु, बुनुनातिनी थिए भने बुनुनातिनीले बुबाको प्राण गइसकेको कुरा पहिले बिहान ३:३० बजेतिर थाहा पाएकी थिइन।  

नागरिकताको रेकर्डलाई आधार मान्ने हो भने बुबाको जन्म २००० साल चैत्र २५ गते (1944-4-06) भएको हुँदा ८१ बर्षको उमेरमा मृत्यु भएको देखिन्छ। बुबा एक दशक पहिले देखि उच्च रक्तचाप एवं मुटु सम्बन्धि उपचारको लागि औषधी सेवनरत हुनु भएको थियो। वहाँलाई केही बर्ष पहिले काठमाण्डौको टिचिङ्ग अस्पतालमा सम्पन्न सम्पूर्ण नियमित स्वास्थ जाँच गर्दा दाहिने पेट भित्र क्यान्सर जस्तो लक्षण देखिएको थियो। यसका लागि चितवन क्यान्सर अस्पताल र बिर्तामोड बिएमडी अस्पतालको निगरानीमा औषधी सेवनरत रहनुभएको थियो। अन्तिम समय सम्म दाहिने पेट फुलिने र गुद्धारबाट रगत बग्ने जस्ता ठूलो समस्याहरुबाट पिडित रहनु भएको देखिन्छ।

बुबाको पार्थिव शरिरलाई त्यही दिन दिउँसो पवित्र नदी कन्काईमाईमा दाहसंस्कार गरिएको थियो। गोलाटार, ताराबारी, दमक, पथरी, उर्लाबारी वरिपरिका छरछिमेक इष्टमित्र करिब २०० जना जतिले मलामी सहभागी जनाउँनुभएको देखिन्छ। उक्त दिनबाट १२ औं दिन मंगलबारका दिन जुराएर क्रियाकामकाज गरि चोखिने पूजा गरिएको थियो। यस दुखत कार्यको शुरुका दिन देखि खटिनु भएका पुरेत भट्टराई बाजेलाई दानदक्षिणा सहित पारिश्रमिक दिइएको थियो। कामको लागि खटिनु भएको नातेदार, चेलाचेलीलाई एकसरो कपडा दिएर चोख्याउँने काम भएको थियो। यस अन्तिम पुण्य कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने नातेदार इष्टमित्र लगायत शुरु देखि अन्तिम दिन सम्म काजक्रियामा बस्ने परिवारजनलाई आत्मासाथ दिने समूह एवं ब्यक्ति बर्गहरु प्रति आभार प्रकट गर्दछु।

यस मार्मिक क्षणको भिडियो तथा फोटो खिचेर हामीलाई उपलब्ध गराउँनु हुने भाई यूमेश पुलामीलाई धन्यबाद छ।






No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery