Amazon Kasadera Delivery Staion (DAI1) मा तपाईहरुलाई स्वागत छ। नेपालबाट ठूलो सपना बोकेर यूवा अवस्थाको बहुमूल्य समय र धन साट्दै भविष्य बना...
Amazon Kasadera Delivery Staion (DAI1) मा तपाईहरुलाई स्वागत छ।
नेपालबाट ठूलो सपना बोकेर यूवा अवस्थाको बहुमूल्य समय र धन साट्दै भविष्य बनाउँन जापान आउँनु हुने केही भाईबहिनीहरुले आमाजोनमा काम गरेर सिक्ने अवसर पाउँनु भएको कुरालाई हौसलाको रुपमा लिनुहोस्। यस आमाजोन डेलिभरीस्टेसन कासाडेराको काम गर्दा ब्यक्तिको शारिरीक बनोट, स्वास्थ, काम गर्ने बानी आदिको कारणले आफुलाई सहज हुने या नहुने हुँदा एकपटक अनुभव गरेर पनि कामलाई निरन्तरता दिने बारे निर्णय लिन सकिन्छ। भाईबहिनीहरुले मिहेनत र इमान्दारितापूर्वक स्तरिय कार्य सम्पादन गरी बढी भन्दा बढी सहकर्मीहरु विच विश्वास बढाउँन सके यस खासाडेरा डेलिभरी स्टेशनमा नयाँ नेपालीमूलका विधार्थीहरुले प्राथमिकताको साथ निरन्तर अवसर पाउँदै जाने कुरालाई सधै आत्माबोध गर्ने गर्नुहोला। बिदेशमा सानोतिनो लापरबाहीमा परेर आफ्नो पुरै उदेशयलाई आघात पुर्याउँन सक्ने भएकोले जानीनजानी हुन सक्ने संभावित गल्ति पूर्व सचेत भएर रोकथाम गर्ने र भएका गल्तिबाट सिकेर सुधार गर्न रिपोर्ट गर्ने बानी बसाल्नुस्। अन्तमाः जापान रोजेर कर्मभूमी बनाउँने तपाईहरुले यहाँ भाषा, संस्कृति, नियमकानून बारे सचेत भएर आफ्नो दैनिकीलाई सुरक्षित एडाप्टेसन (वातावरणासँग घुलमिल) हुने गर्नुहोला।
Day1, Day 2 Orientation Training को दिन देखि नै हामीले थाहा पाईराख्नुपर्ने आधारभूत बुँदाहरु यहाँ जानकारी दिने प्रयास गरेको छु।
- शुरुको केही महिना सम्म बिल्डिंग भित्र छिर्ने र बाहिर जाने परमिसन कार्डमा नदिने भएकाले १५ मिनेट छिटो आएर ढोकामा बस्ने र अरुसँगै भित्र छिर्ने। बाहिर जानको लागि भने परमिसनकार्ड सापटी लिन सकिनेछ। तर कार्डलाई सोही दिन ३०४ कोठा कालो बक्समा फिर्ता गर्नुपर्नेछ।
- ढाकोकु “टाइम स्टम्प” रेकर्ड गर्दा काममा हाजिर " शुक्किनजी" हुदा ५ मिनेट अघिबाट र कामबाट बाहिरिदा (टाइकिंगजी) ५ मिनेट पछि सम्म नियम लागू गर्नुहोस। जस्तैः 22:55 ~ 07:05
- भेट्दा “ओहायोगोजाइमस” र बिदा हुदा “ओच्चुकारेसमादेस” संस्कार अपनाउने ।
- सधै सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्ने ।
- आफुलाई खटाईएको काम जानेर गर्ने र काम नजानेको भए सोध्ने ।
- आफ्नो काम गर्ने बानी- तौर तरिकाले अरुलाई पर्न सक्ने संभावित असर कम गर्ने ।
- समयको पालना दुरुस्त गर्ने र कुनै भवितब्य कारण भए पुरा जानकारी दिने ।
- रेस्ट गर्दा अरुलाई डिस्टर्ब हुनेगरी स्वर निकाल्ने या साउण्ड निकालेर मोबाइल नसुन्ने ।
- काम गर्दा दुई वा बढी भेला भएर लामो गफ नगर्ने ।
- ब्रेक समय बाहेक ट्वाइलेट (ओटेअराई) जान परे पहिले अनुमति लिने ।
- कामको समय नजिकको सर्भरमा पानी पिउन पूर्व अनुमती नचाहिने ।
- डेलिभरी स्टेशनको १२ बुँदे सुरक्षाको नियमहरुलाई ध्यान दिएर दैनिक काम गरौं -
① तोकिएको खटाएको स्तरिय कार्य बाहेक अरु काम नगर्ने।
② सुरक्षित ड्रेसकोडको पालना गर्ने - सेफ्टी सुज, भेस्ट, ग्लोब आदि।
③ कार्यस्थलमा भित्र दौड्न मनाही छ।
④ स्टप साइनमा रोकेर दायाँ – बायाँ चेक गरेपछि मात्र अघि जाने।
⑤ काम गर्दा ढाँड निहुराउँने, दोबार्ने नगरी घुँडाको मद्दतले काम गर्ने।
⑥ कम्बेयर माथि चढ्न, मुनि जान, आडेस् लाग्न, हात लगाउँन मनाही छ।
⑦ निषेध गरिएको ठाउँमा समान राख्न वा भित्र पस्न मनाही छ – जस्तै टोराटेपले घेरिएको इमेजेन्सी ढोका ।
⑧ यि तीन नियमहरु पालना गर्नुस् – तेईइची (तोकिएको स्थान), तेहिंग (तोकिएको समान), तेर्यो (तोकिएको संख्या र वजन)।
⑨ रोलबक्स वसारपसार गर्दा “तोरिमास” भनेर सचेत गराउँने।
⑩ चोटपकट, बिरामी वा अफुलाई डर लागेको संभावित घटनाबारे रिपोर्ट गर्ने।
⑪ मोबाईल प्रयोग चलाउँदै, पेपर पढ्दै वा अन्यत्र हेर्दै हिड्न मनाही छ।
⑫ यार्डमा पार्कहुने ट्रक वा मिनी भ्यानबाट ३ मिटर टाढा रहने।
13. SMART
- S – Stable: Maintain a stable posture and secure footing before handling or moving an item.
- M – Mid Range: Keep the load within your mid-range, close to your body, avoiding overreaching.
- A – Aligned with Body: Keep your head, shoulders, hips, and feet aligned while lifting or moving.
- R – Ready to Move: Check your path, ensure good balance, and be prepared before starting the movement.
- T – Turn Using Feet: Turn by moving your feet, not by twisting your waist or back.
डेलिभरी स्टेसनमा काम गर्दा यो " स्मार्ट" तरिकालाई ब्यबहारिक रुपले दैनिक कार्यमा उतार्ने गर्नुहोस। यो तरिकाले काम मात्र सजिलो बनाउँदैन, संभावित शारिरीक इन्जुरीलाई रोकथाम गर्दै सुरक्षित कार्यथलो बनाउँन मद्दत गर्छ।
यो जानकारी पिडिएफमा डाउनलोड गर्न चाहनुहुनेले बटनलाई थिच्नुहोला



No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।