Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

जीवन्त रहनुपर्ने सामुदायिक भाषा संस्कृति जनजीवनलाई संग्रहालय भवन भित्र सिमित गर्ने?

  पटक्की झोर्ले / मेझोर यहाँ मेरो सानो बिचार शेयर गर्दैछु। केही दिन यता फेसबुकमा शेयर भइरहेको  "काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्र...



 पटक्की झोर्ले / मेझोर


यहाँ मेरो सानो बिचार शेयर गर्दैछु।

केही दिन यता फेसबुकमा शेयर भइरहेको  "काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने" भन्ने शिर्षक प्रति मेरो ध्यानाकर्षण भएको छ। यस प्रस्तावित कार्यको लागि मगर संघको होमेपेज https://nepalmagarassociation.org.np/archives/996 मार्फत मुक्तिनाथ बिकास बैंकमा सहयोग रकम जम्मा गर्नुपर्ने सूचना आव्हान गर्दै दाता सदस्यहरुलाई सहयोग रकम पिरामिडको आधारमा प्रशंसा गरिने योजना पनि देखाईएको छ।
पहिलो पटक सुन्दा यो बिषय मगर समुदायको लागि निकै गरौवमय जस्तो लागेता पनि राष्ट्रले विभुतिको रुपमा उच्च सम्मान सहित संरक्षण गर्नु पर्ने बिषयमा संग्राहलयको नाममा परापूर्वकाल देखि अहिले सम्मको सिंगो मगर समुदायको संस्कृति, भाषा भेषभुषा, जनजीवन आदिलाई सिमित बन्द कोठा भित्र जीवन्त दिन भने सकिदैन। यसरी भाषा संस्कृतिको बिकास एवं जगेर्नाको लागि योजनामा राष्ट्र र यूनेस्कोबाट पनि आवश्यक सहयोग हुनसक्ने देखिन्छ। संस्कृतिलाई एतिहासिक घटनालाई जसरी संग्रहालयमा राख्न सकिदैन। यि कुरा भनेको बद्लिदो ज्ञान तथा सभ्यता अनुसार राम्रा पक्षलाई बिकास गर्दै लैजाने र कुरीति अन्धविश्वासलाई  परिवर्तन गर्दै  जाने पक्ष भएकोले पनि संग्राहलय भित्र सिमित गरिनु हुदैन।

खास गरी योजनाको पूर्ण जानकारी र यसलाई भविष्य सम्म सुधार तथा बिकास गर्दै लैजान गरिने कार्यक्रमहरुको विस्तृत कुरा सबैलाई सूचना दिनु पर्ने देखिन्छ। सम्बन्धित जिम्मेवार पक्ष, बुद्धिजीवी समाजसेवी तथा दाताहरुको बिचार योजना लाई होमपेजमा राखेर Crowd Funding बाट चाहिने बजेट मगर समुदाय भित्र र बाहिका संभावित धेरै डोनरलाई आकर्षक गर्न सकिने छ।

ठूला शहर भित्र सानो एरियामा एउटै ठूलो भवन बनाउनु भन्दा फराकिलो एरिया भित्र संग्राहलयका लागि चाहिने देखाईने (मगरसमुदाय रहने प्राकृतिक वातावरण झल्किन सक्ने लोकेसन छनौट गरी ) जीवन्त चित्र र संस्कृति आदि अनुभव हुने गरी संग्रहालयलाई Socio-cultural Adventure & Education Tour मा बिकास गर्दै चाहिने पूर्वाधार निर्माण गर्न सके सबैलाई सधैको लागि उपयोगी सिद्ध हुने कुरामा दुईमत भएन। यसो गर्दा मगरसमुदाय बासोबास गर्ने क्षेत्रलाई पनि बिकास र रोजगारको अवसर सृजना गर्न मद्दत पुग्ने कुरा अडकल गर्न सकिन्छ।

भिजिटरको पेशा, उमेर, नागरिकता आदिको आधारमा सानोतिनो प्रवेश शुल्क उठाउन सके यसले कार्यक्रम सुचारु राख्न तथा मर्मत सुधार गर्न टेवा दिन सक्नेछ। मगरसमुदायबाट टाढा बनाइने सिमेन्ट कंङ्गक्रिटको एउटा ठूलो बिल्डिंग भवनले मात्र मगर संस्कृति तथा जनजीवनलाई जीवन्त दिन सक्दैन। निश्चित बर्ष पश्चाताप महंगो बिल्डींग धरासई हुन सक्छ तर फराकिलो एरियामा बनेको पूर्वाधारलाई मर्मत सुधार गरेमात्र पनि मगरसमुदायको सामाजिक आर्थिक रोजगार सबै हिसाबले कूल मूल्यांकन बढ्दै जानेछ।

नोटः सचेतताको लागि रवि लामिछाने सहकारी घोटाला ठगीकाण्ड जस्ता कुरालाई मध्य नजर राख्दै यसरी जम्मा गरीने रकम उपर हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आय ब्ययलाई स्तरीय ढंगले सार्वजनिक गर्नसक्नुपर्छ। 

छत्र मगर
नागोया, जापान
email: chhatra_magar@hotmail.com

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery