Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

जापानमा प्राकृतिक प्रकोपबारे सतर्कता

Photo: Tohoku Tsunami after devastating earthquake,  BBC 11 May 2011  बर्षेनी सामुन्द्रिक आँधीबेरी, भिषण बर्षा,  बाढीपहिरो,भुकम्प, चुना...

Related image
Photo: Tohoku Tsunami after devastating earthquake,  BBC 11 May 2011 
बर्षेनी सामुन्द्रिक आँधीबेरी, भिषण बर्षा,  बाढीपहिरो,भुकम्प, चुनामी, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपले धेरै जनधनको क्षति पुर्याउँदै आएको जापानमा यसको असरलाई न्यून पार्न ठाउँ ठाउँमा बिशेष संभावनालाई केलाएर पूर्व तयारी रहन स्थानीय जनताहरुलाई प्रकोप रोकथाम अभ्यास गराउँनको साथै संभावित खतरामुलक ठाउँको नक्सा "हजार्ड म्याप" पनि बिकास गरेको पाइन्छ। यसको अलवा बिधालय एवं नगरपालिमामा यस्तो प्राकृतिक प्रकोप बारे जनतालाई चेतनामूलक शिक्षा सहितको पूर्व तयारी रहने जानकारी पनि दिने गरीन्छ।

जापानको प्राकृतिक प्रकोप रोकथाम सतर्कता तह



  1. सतर्कता तह 1: आउँने सम्भावित प्रकोप बारे जानकारी. 
  2. सतर्कता तह 2: आकस्मिक तयारी, जोखीमपूर्ण ठाउँको नक्सा र शरण लिने सुरक्षित केन्द्र बारे येकिन गर्ने. 
  3. सतर्कता तह 3: सेवा ग्रहित असक्त मान्छे, बृद्ध, बालबालिका, अपांग व्यक्ति, बिरामी मानिस सुरक्षित केन्द्रमा लैजाने ।
  4. सतर्कता तह 4: लक्षित क्षेत्रका सबै बासिन्दाहरु सुरक्षित स्थानमा शरण लिने। 
  5. सतर्कता तह 5: आफ्नो आरुको प्राण बचाउँने उत्तम उपायहरु गर्ने ।

  6. #प्रकोपरोकथामशतर्कता #प्रकोप



Emergency Disaster Prevention Alert Level of Japan. Alert Level 1: Information on incoming possible disaster. Alert...
Posted by Chhatra Magar on Tuesday, July 2, 2019
जापान सरकारको प्रकोप ब्यवस्थापन कार्यालयले जारी गरेको सतर्कता तह बारे जानकारी हेर्न यहा जानुस्ः 🔗

alt

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery