Coming Soon................!
🙏 हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏 ॐ श्री मातृपितृ चरणकमलेभ्यो नमः ।। संसारी मायाँ बिचित्र मरेर के पो लान्छ र। नगर ब्यर्थै लोभी मन छोडेर जान्छ ब्यर्थैको धन।। आखिर एक पेट खानु छ हासी खुसी जिउनु छ। अधर्म कहिले न सोच्नु सके पुण्य कमाउनु ।। हाम्रो पूजनिय बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर बि.सं. २०८१ साल ४ महिना ११ गते (AD2024-7-26) शुक्रबार विहान सबेरै ३:१५ बजे तिर आफ्नो पार्थीव शरिर त्यागेर अनन्त्य स्वर्गबास हुनुभएको थियो। केही दिन अघि उपचारको क्रममा धरान बिपि मेमोरियल अस्पतालमा उपचारत हुदै गर्दा स्वंय बुबाको अन्तिम ईच्छाले चाहे अनुसार खटिएका डाक्टर एवं परिवारका सदस्यहरुको राय सल्लाहले बिहिबार बेलुकी आफ्नै दमक निवासमा फर्किनु भएको थियो। मुत्यु हुँदा रातको समय घरमा आमा, दिदीभिनाजु, बुनुनातिनी थिए भने बुनुनातिनीले बुबाको प्राण गइसकेको कुरा पहिले बिहान ३:३० बजेतिर थाहा पाएकी थिइन। नागरिकताको रेकर्डलाई आधार मान्ने हो भने बुबाको जन्म २००० साल चैत्र २५ गते (1944-4-06) भएको हुँदा ८१ बर्षको उमेरमा मृत्यु भएको देखिन्छ। बुबा एक दशक पहिले देखि उच्च रक्तचाप एवं म...
Comments
Post a Comment
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।