Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

हलुवाबेद

जापानीज भाषा सिकाउँने गुरुले खाकी सारु-कानीको कथा सुनाए। हिरागानाबाट लेखिएको यो कथा भर्खरै जापानीज भाषा सिक्‍न शुरु गरेका हाम्रा ला...



जापानीज भाषा सिकाउँने गुरुले खाकी सारु-कानीको कथा सुनाए। हिरागानाबाट लेखिएको यो कथा भर्खरै जापानीज भाषा सिक्‍न शुरु गरेका हाम्रा लागि एकै प्रयासमा दुबै हातमा लड्डुको सट्टा हलुवाबेद परेको थियो। हामीले त्यस दिन यो कथाको पात्र सारु (बाँदर) र कानी (गंगटो) बनेर मञ्‍चन पनि गरेका थियौं। नाटकमा प्रयोग भएका आकि (शरद ऋतु)समय खान ठिक हुने खाकी (हलुवाबेद) खाजा स्वरुप सहभागीले खाए। गोचुस्योसमा– कानीसान।



निष्ठुरी अदुरदर्शी बाँदरले आफ्नै साथीलाई दिएको धोका र चोटको मर्मले मलाई गंगटो प्रति दया जागेर आयो। बाँदर मान्छेको बिकासक्रममा नजिकको जनावर भएर पनि कथाबस्तुमा भने धेरै जसो ठाउँमा भिलेनको रुपमा प्रस्तुत गरिन्छ। त्यसैले मान्छेले अनैतिक चकचके ब्यबहार देखायो भने “बाँदर” जस्तो भनेर गाली गर्ने चलन संसारको कुनाकुना सम्म पनि चल्दोरहेछ। अब यहाँ नेपालमा जंगली रुपमा फल्नेगरेका हलुवाबेदका बोटबिरुवाहरुको बिऊ पनि नहुने गरी मास्‍ने मान्छेहरुलाई बाँदर भनेर सम्बोधन गरी राख्‍न पर्दैन।



नेपालमा छदाँ बिरलै मात्रमा जंगली हलुवाबेद खाने गरिन्थ्यो। जापानमा भने "खाकी" शरद ऋतु शुरु हुनासाथ थरी थरीका ठाउँ ठाउँबाट बजारमा आइपुग्छ। प्राकृतिक देन भएता पनि कृत्रिम मानविय सीप बुद्धि तथा मिहेनत लगाएर फलाएको हलुवाबेदको स्वाद महको भन्दा कम गुलियो हुदैन। रंग आकार प्रकार स्वाद र गेडा भएको नभएको आदि हिसाबले खाकीले स्थानिय उपभोक्ता बिच मूल्य र मान्यता पाएको देखिन्छ। तर अरु फलफूलको तुलनामा खाकीको मूल्य साधरणत सस्तै पर्न आउँछ।


चीन, कोरिया, जापानमा प्राकृतिक रुपमा फल्ने हलुवाबेदले यहाँको परम्परागत संस्कृतिमा निकै ठूलो प्रभाव पारेको छ। हलुवाबेद प्राकृतिक रुपमै अति गुलियो फल भएकोले धेरैको मन जित्न सफल भएकै होला डिजर्ट देखी खाजा सम्म खाइने गरिन्छ। यसलाई सुकाएर पछि सम्म खानको लागि जोगाउँन पनि सकिन्छ। चीन, जापान, कोरियाका धेरै जनमानसमा हलुवाबेदका बारेमा कथा रटुक्काहरु पनि सुनिन्छ। हलुवाबेदलाई आधुनिक बायोटेक्‍नोलोजी प्रयोग गरेर बिऊ रहित बिकासे ठूला, गुलियो, बढी फल उत्पादन हुने गरी खेती गरेको पाइन्छ। नेपालमा भने हलुवाबेद मात्र होइन, धेरै जसो प्राकृतिक रुपमा पाइने फलफूलहरुको बिऊ पनि पाउँन नसक्‍ने गरी नाश हुने अवस्थामा छ। एशिया बाहिर स्पेन, ब्राजिल, अमेरिका पनि हलुवाबेदको खेति गरिन्छ।



कार्बोहाइड्रेड, सुगर, भिटामिन ए, सी, म्याग्नेसियम, पोटासियम, फोसफोरस, क्यालिसियम प्रचुर मात्रमा पाइने यो फल धेरै जसो देशहरुमा डिजर्ट र सलादको रुपमा बढी प्रयोग हुन्छ। प्राकृतिक रुपमै सुगरको मात्रा बढी पाइने भएकोले सुगर समस्याबाट पिडितले भने हलुवाबेद सिमित मात्रमा खानुपर्छ। नपाकेको फल तितो तर्रो हुने भएकोले खान लायक हुदैन। संसारमा सबै भन्दा बढी हलुवाबेद उत्पानद गर्ने देश चीन हो। हलुवाबेदको मूल्य गुणस्तर र समय अनुसार फरक फरक पर्छ। तरपनि अरु फलफूलको तुलनामा हलुवाबेदको मूल्य साधरणत सस्तै पर्न आउँछ।

कथाको सारांश
प्राय साना नानीहरुलाई सुनाइने नैतिक एवं ब्यवहारीक शिक्षा प्रदय सारु-कानी दन्ते कथाले तत्काल फाईइदाको लागि मात्र होइन, पछि आउँने भविष्य सम्मको लागि सोचेर सबै एक आपसमा परिपुरक भएर काम गर्नुपर्छ - भन्ने मेसेज दिन खोजेको छ। कानीसानको जस्तो बुद्धि र मिहेनत। सारुको जस्तो रूख चढेर काम गर्नसक्ने सीप क्षमता । फुटेर होइन, जुटेर एक भएर काम गर्न सके मात्र कार्यमा सफल हुन सकिन्छ । सारुले जस्तो आफै मात्र सोचेर अरुलाई दुःख  दिए, समाजका सबैले तिनलाई जस्तो शिक्षा दिएर दायारामा ल्याउँनु पर्छ - भन्ने मान्यता यहाँको समाजिक परिपाटीमा अझै पनि जीवित रहेको छ।



#カキ #persimmon  #हलुवाबेद

सारु कानी गाच्सेन - पुरा कथा (युउट्यूब भिडियो) 



For English version story:

शब्दवालीः

  • खाकी 柿 ( हलुवाबेद)
  • आकी 秋 (शरद ऋतु)
  • सारु 猿 (बाँदर)
  • कानी かに (गंगटो)
  • गोचुस्योसमा  ごちそうさま (भोजनको लागि धन्यबाद)
  • सान さん (जी, हजुर)
  • हाची 蜂 (माहुरी) 
  • कुरी 栗 (ठूलो कटुस) 
  • उसु うす (ओखललाई मान्छेको रुपमा लिएको) 
  • उसीनो फुन 牛のふん (गाईको गोबर) 
  • गाच्सेन 合戦 (लडाई)
  • हिरागाना  ひらがな (जापानीज सरल अक्षरका बर्णमाला अक्षर) 
  • फुरिगाना 振り仮名 (कातागाना वा हिरागाना अक्षरले लेखिने चिनिया अक्षर खाञ्‍जी को सरल शब्दहरु)

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery