Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

आमा, म जापान जाँदैछु

तिम्रो सपना पूरा गर्ने मेरो बर्षौ देखिको अपुरो/अधुरो सपना पूरा गर्नलाई। तिम्रा फुटेका कुर्कुचामा मल्हम अनि बाको दमको औषधी छर्नलाई।...




तिम्रो सपना पूरा गर्ने मेरो बर्षौ देखिको अपुरो/अधुरो सपना पूरा गर्नलाई।
तिम्रा फुटेका कुर्कुचामा मल्हम अनि बाको दमको औषधी छर्नलाई।
भाइ बहिनीका सुन्दर सपनाहरु चैत वैशाखमा फुल्ने लालीगुराँसझैँ ढकमक्क फुलाउनलाई।
म आफूलाई आफैसँग सपनाको एकादेश लाँदैछु ।
आमा, म जापान जाँदैछु 

मलाई थाहा छ आमा।
गरिबीको रापमा उभिएर पनि ।
वीर बलभद्र, भक्ति थापा र ती बुढा अमरसिंह थापाले पानीसमेत नखाई प्याकप्याक भई ।
भोक्कै तिर्खै आफ्नो शरीर।
घर,श्रीमती,बाआमासम्म नभनी।
आफ्नो अन्तिम एकमुठी श्वास रहेसम्म।
धर्तीबाट एक मुठी माटो हातमा लिएर।
रगत पसिना चुहाई गुलेलीको भरमा नालापानीको युद्ध लडेर।
अंग्रेजसँग स्वतन्त्र भई ल्याएको मेरो देशको स्वाभिमान र बिरता आज।
कठै ! बहत्तर सालको भुइँचालोसँगै,
गल्र्याम गुर्लुम लडेको देख्दा पनि मुकदर्शक बनेर तिनैको सन्तती म फेरि आज।
गुलाम बनी परिस्थितीको दासी हुँदै, पासपोर्टमा भिसा लाउँदैछु ।
आमा, म जापान जाँदैछु ।

म सानो छँदा।
बाले सदरमुकामबाट नूनको भारीसँगै ल्याउनु भएको रेडियोले ।
आज एकाबिहानै यही समाचार फुक्दै गर्दा।
रेडियो कहिल्यै नसुन्ने म।
आज कान ठाडा पारी सुनेर बाध्यताको खुशीले नाँचेछु ।
मलाई के थाहा बाँध्यताले ल्याएको खुशी पनि अपार हुन्छ भनेर।
तर थाहा छ मलाई।
यो खबर सुनेर संसारको
सबैभन्दा खुशी यदि कोहि हुन्छ भने।
त्यो तिमी नै हौ, आमा ।
आमा म यो तिम्रो खुशीमा अझ धेरै खुशी थप्न।
त्यो म खुशीको सोपान चढ्दैछु।
आमा, हो म जापान जाँदैछु ।

पल्ला घरका धुम्मे बाकी छोरीले ।
परारसाल म युरोप जाँदैछु - भन्दै फुर्फुर गरेको देखि तिमीले आँखा तर्यौं।
देखिस तिनीहरुको प्रगति ? - भन्दै मतिर फर्किएर मुख बिगार्यौं।
त्यस समय एकतमासले मेरो मन रोएथ्यो ।
बेरोजगार युद्धको पीडाले अमिलो भएथ्यो। 
त्यैबेला म मेरो उच्च अंकसहितको,
डिग्रीको सर्टीफिकेट बाकसबाट थपक्क झिक्दै।
निरास बनी पासपोर्ट बनाउँन सदरमुकाम गएको हिजै जस्तो लाग्छ आमा।
आज ठ्याक्कै एक बर्षपछि म तिम्रा सपनाका घाउँमा मल्हम लाउँदैछु ।
आमा, म जापान जाँदैछु ।

हाम्रा बाले म सानो छँदा काले र मिल्के गोरुलाई।
असारको पन्ध्रमा चुट्दै जोत्न लिएर जाँदा।
आँखाले भ्याउन्जेल म हेरिरहन्थे ।
त्यही बेल तिमीले बाबु स्कुल जाने बेला भयो भन्दै,
मेरो कपडाको झोला बोकी सुस्तरी मलाई रातेको बरडाँडोसम्म,
हातमा हात समाई जाँदाको पल सम्झिन्छु । 
अनि फेरी सम्झन्छु म आज ।
जो म भोली बर्खाको त्यही हाम्रा बाले दाउँने गोरु झैं हुँदैछु।
मेरो सपनाको फसल फलाउँन ।
आमा, म जापान जाँदैछु ।

सोझो भाइ प्रहरी हिरासतमै अनायासै पिटाई खाएर मर्दा नि।
कहिलेसम्म गरिबीकै कारण चुपचाप बस्नुपर्ने ?
कान्छी बहिनी पानी पँधेरोमा जाँदा दलित भएकै कारण।
छिछी र दुर्दुर सहँदै घाँटी निमोठिएर मर्नुपर्ने ?
पटकपटक बलात्कृत हुँदासम्म नि,
दिदीले मुख खोल्नै नहुने ।
कठै ! बोजुलाई बोक्सी भन्दै लखेटेर डामेको हिजै जस्तो लाग्छ ।
माइतीले दाइजो दिन नसक्दा चेलीले पाएको पीडा उफ !
यो सबै टुलुटुलु हेरिमात्र रहन नसकी बाँध्य भई।
समुन्नती र समृद्धिको सपना बोकेर परदेश लाग्दैछु ।
आमा, म जापान जाँदैछु ।

बुढा भएका बा राती दमले च्यापेर एक प्राण हुँदा सम्म पनि,
बा ए बा - यि लिनुस त औषधी भनेर ।
एक अङखोरा पानी पनि दिन नसक्ने म।
अनि तिमीलाई हनहनी ज्वँरो आउँदा।
एउटा सिटामोलसम्म किन्न नसक्ने म।
त्यो पराई मुलुकमा।
हाम्रा अम्बोटेबारी जोत्ने काले र मिल्के गोरुझैँ जोतिन।
बाँध्यताको लगाम कसेर ।
परिस्थितीको लहरमा लहरिँदै लहरिँदै।
तिम्रो आखाँको आँसु सदाका लागि पुच्छने बाँचा गर्दै।
सबैको मुहारमा थपक्कै खुशी टिपेर ल्याउँन ।
आमा, हो म जापान जाँदैछु ।

साभारः
अरुण बाँस्तोला/झापा 

(नोटः कवितामय छन्दमा केही भाषा सम्पादन गरिएको छ।)

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery