Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

मुसा र घरधनीको कथा

एउटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ । एकदिन मुसाले देखेछ कि किसान र उसको पत्निले झोलाबाट केही निकालीरहेको छ , मुसाले सोचेछ केही खान...

एउटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ । एकदिन मुसाले देखेछ कि किसान र उसको पत्निले झोलाबाट केही निकालीरहेको छ , मुसाले सोचेछ केही खानेकुराको सामान होला ।  उत्सुकतावस नियाल्दा खेरी उसले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ । खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो कि घरमा मुसा मार्ने मेसिन  आइसकेसकेको छ । ... परेवाले मजाक उडाउदै भनेछ कि मलाई के को टेन्सन ? म थोरै न त्यसमा फस्छु । निराश मुसाले यो कुरा भालेलाई बतायो ।

 भालेले खिल्ली उडाउदै भनेछ , जा ! भाइ यो मेरो समस्या होइन ।
 फेरि हतास मुसाले गोठ मा गएर खसीलाई गएर यो कुरा बताएछ । र खसी पनि हाँस्दै खिल्ली उडाउन थालेछ ,  त्यही रातमा मुसा मार्ने त्यो मेसिनमा खटक खटक आवाज आयो । जसमा एउटा विषालु सर्प फसेको रहेछ ।

अँध्यारोमा मुसा सम्झेर त्यसको पुच्छरलाई किसानको पत्निले निकाल्दा सर्पले उनलाई डस्न पुगेछ । स्वास्थ्य खराब भएपछी किसानले वैधलाई बोलाए , वैधले उनलाई परेवाको सुप पिलाउनको लागि सल्लाह दिए ।

 परेवा अब भाँडामा उम्लिरहेको थियो । खबर सुनेर किसानको कयौ नातेदारहरु पनि भेट्न भनी आए । जसको भोजन प्रबन्ध मा  अर्को दिन भालेलाई काटियो ।  केहिदिन पछि किसानको पत्निको मृत्यु भएछ । अंन्तिम संस्कार र मृत्यु को भोजमा खसी काट्नु अलाबा कुनै चारा बचेको थिएन ....अन्त्यमा खसी पनि काटियो ।

मुसा धेरै टाढा गइसकेको थियो धेरै टाढा ... ।

अर्कोपटक कसैले तपाइलाई आफ्नो समस्या बताउदा तपाइलाई लाग्छ कि यो मेरो समस्या होइन , तब अलिकती सम्झिनुस  र सोच्नुस ... हामी सबै खतरामा छौ । समाजको हरेक अंग , हरेक क्षेत्र , हरेक मान्छे खतरामा छ भने पुरै देश खतरामा छ ।जाती वर्ग र धर्म को दायराभन्दा  बाहिर निस्किनुहोस ।  स्वयम् मा मात्र सिमित नहुनुहोस ।सामाजिक बन्नुस र राष्ट्रको हित को लागि एकताबद्ध भएर लाग्नुहोस ।  स्टोरी मन परे कमेन्ट अथवा शेयर गर्न नभुल्नुहोला।

संभार: फेसबुक पोस्ट

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery