" स्वास्थ्य नै धन हो भने जस्तै समय नै पैसा हो" केही बर्ष पहिले बच्चालाई इनफ्लुएन्जाले सताउँदा उनको दैनिक ज्वरो नापेर औषधी ...
"स्वास्थ्य नै धन हो भने जस्तै समय नै पैसा हो"
केही बर्ष पहिले बच्चालाई इनफ्लुएन्जाले सताउँदा उनको दैनिक ज्वरो नापेर औषधी सेवन गर्ने, टाउको तथा बढी तापक्रमक बढ्ने घाँटी, कोख, छातीमा पानीपेटी लगाउँने कामलाई नियमसंगत गर्ने उदेश्यले ज्वरो नाप्ने डिजिटल थर्मामिटरको रेकर्ड जोखेर मोनिटरींग झलक्क छिटो बुझ्ने हिसाबले ज्वरो मापन मोनिटरींग ग्राफ बनाउँने अवसर पाए। यसलाई गुणस्तरीय बनाउँन जापानीज अस्पतालका केही रेकर्डहरुलाई पनि आधार बनाएको थिए।
यसरी नै आफैलाई पनि उमेरको साथ समय समय ब्लडप्रेसर बढ्ला जस्तो अनुभव हुन थालेकाले डाक्टरसग सल्लाह गरे। उनले पनि सके सम्म बिहान उठ्न अघि र सुत्न अघि प्रेसर नापेर केही महिना अवलोकन गर्ने सल्लाह दिए। प्रेसर डिभाइससंगै पाइने नमूना प्रेसर रेकर्ड मोनिटरींग ग्राफ पाकेट साइजको हुने भएकोले दैनिक लेख्न र हेर्न अप्ठ्यारो थियो । यसैलाई आधार बनाएर ए फोर साइजमा प्रेसर रेकर्ड मोनिटरींग ग्राफ बिकास गरे।
मैले आफै तयार पारेको यि दुईवटा स्वास्थ्य अवलोकन सम्बन्धी ग्राफिकल फारमहरु: (बिरामीको ब्यक्तिगत ज्वरो अवलोकन ग्राफ र ब्लडप्रेसर अवलोकन ग्राफ) यहाँहरुलाई उपयोगी ठहरीए ब्यक्तिगत प्रयोगका लागि डाउनलोड प्रिन्ट गर्न सक्नु हुनेछ।
No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।