Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

जड्याँको सकारात्मक पक्ष

हे भगवान, अर्को जन्ममा मलाई भलै ३२ भन्दा कम दाँत दिनु तर कलेजो ३२ वटै कोटा पुरा गरिदिनु ताकि जति सके रक्सी पिए पनि मेरो कलेजो नगलोस्।...


हे भगवान, अर्को जन्ममा मलाई भलै ३२ भन्दा कम दाँत दिनु तर कलेजो ३२ वटै कोटा पुरा गरिदिनु ताकि जति सके रक्सी पिए पनि मेरो कलेजो नगलोस्।

केही दिन अघि लाइसेन्स नवीकरणको लागि नजिकको सिटी प्रहरी ट्राफिक अफिस हाजिर भए। सबै टेस्ट सकेपछि लाइसेन्स बनाउँन लाग्ने समय अवधि आधाघण्टा जति ट्राफिक तथा सडक नियम बारे घटनाको भिजुवल उदाहरण सहित शिक्षा दिने कक्षामा पसे। मादक पदार्थ लगायत औषधी सेवन गरेर ड्राइभिंग गर्न मनाही छ र यसो गरी दुर्घटना भएमा सबै क्षति निजले ब्योहोर्न पर्ने, कडा कानूनी सजाय हुने कुरो पनि दोहोर्याए।

तर अचम्मको कुरो त्यहाँ कडा रक्सीको गन्ध ह्वारह्वार्ती आईरहेको थियो। मेरो पछाडि एकजना ५ दशक नाघेका मान्छेले मानौ यो कुरालाई खिल्ली उडाइरहेको भान हुन्थ्यो। मैले यो कुरालाई पनि सकारात्मक ढंगले लिने प्रयत्न गरे। मानौं ति ब्यक्ति जापानको जाडोमा लाग्ने इनफ्लुएन्जा माहामारीका अल्कोहल सेनिटाइजर हुन जसले संक्रामक रोग सर्नबाट रोकथाम गरोस्।😊

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery