Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

सेचुबुन नो हि – पूर्वी सभ्यतामा नयाँ बर्ष पछि फुकु भित्र्याउँने र ओनी बाहिर धपाउँने दिन

Image:  https://japanism.info/setubun-free-sozai-17.html 福は内 (शुभ भाग्यः देवीदेवता घर भित्र आऊ)! 鬼は外 (दुर्भाग्य ल्याउँनेः राक्षस ...

Image: https://japanism.info/setubun-free-sozai-17.html


福は内 (शुभ भाग्यः देवीदेवता घर भित्र आऊ)!
鬼は外(दुर्भाग्य ल्याउँनेः राक्षस भूत बाहिर जाऊ)!!
福は内(शुभ भाग्यः देवीदेवता घर भित्र आऊ)!!!

बसन्त ऋतु आगमनको सँघारतिर जापानमा मनाईने सेचुबुन नो हि (節分の日:せつぶんのひ) नेपालमा मनाईने माघे संक्रान्तिको लुतो फाल्ने तथा तरुल खाने र नयाँ बर्ष ल्होछार पर्वहरु बिच भौगोलिक र सांस्कृतिक रुपले टाढो भएतापनि यिनको मूलभूत आधारहरु बिच भने एक अर्कामा नजिक पाइन्छ। जाडोयामको उत्तरार्ध बसन्त ऋतुको सँघारमा मनाइने सेचुबुन पर्वले मानव जीनवलाई प्रकृतिसंग जोड्ने गरेको छ। ठिक यस्तै माघे संक्रान्ति पर्वको समयमा पनि सूर्य भूमध्ये रेखा भन्दा दक्षिण दर्फ अन्तिम बिन्दुबाट पुनः भूमध्ये रेखा तर्फ अथवा उत्तरी गोलार्ध तर्फ फर्किने भएकोले चरम गृष्मकालबाट बसन्त ऋतुतिर प्रवेश गर्ने गर्छ। माघे संक्रान्ति र सेचुबुनका दिन र समय फरक पर्नुको कारण चाहि पृथ्वीको गोलार्धमा छुट्टा छुट्टै अवस्थित ठाउँरुमा मनाईने पर्वहरु भएर हो।

सेचुबुन को यो दिन बिशेष सिन्टो मन्दिर वा घर दुबैतिर भुटेको सोयाबिन दालले भित्र र बाहिर पर्सिने गरिन्छ। घरमा यस बर्ष पनि आफु लगायत परिवार सबैमा शुभ साइत जुरोस। भाग्यले साथ दियोस्। सबै परिवार सुस्वास्थ्य रहुन। जस्तो पूजापाठ गर्दै भाग्य बिधता देवीदेवता (फुकु) लाई घरमा बोलाउँन – “फुकु वा उची” वाचन सहित भुटेको सोयाबिन दाललाई घर भित्र पर्सिने गरिन्छ।

यसैगरी घरमा हुनसक्ने दुर्भाग्य तथा नकारात्मक कुरो हटाउँन घर बाहिर भुटेको सोयाबिन दालले पर्सिदै – “ओनी (राक्षस् भूत) वा सोटो” भनि मन्त्र वाचन गर्ने चलन छ।

सेचुबुन पूजा गरिसकेपछि आफ्नो उमेर बर्षको संख्या जति पूजा गरिने भुटेको सोयाबिन दाल खाएमा सौभाग्य राम्रो हुने भनाई छ। यसैगरी बिशेष तरिकाले हातले बनाएको नोरी सुसीरोल “एउहोङ माकी” खान सके सुस्वास्थ्य रहन सकिने बिश्वास रहेको छ।
पूर्वी सभ्यताको संस्कृतिमा यो समयलाई नयाँ बर्षको रुपमा लिने गरिन्छ। चीनको मुख्य भागमा मनाइने नयाँ बर्ष र टिबेट-नेपालतिर मनाइने ल्होछार पर्वले लुनार क्यालेण्डरमा ठूलो महत्व राख्दछ। प्राकृतिक रुपमा बोटबिरुवा तथा बिशेष जीवहरु ग्रीष्मकालीन निन्द्राबाँसबाट उठ्दै पुरानो पात र खोल छाडेर नयाँ पालुवासंगै एक नयाँ जीवनको शुरुवात गर्नपट्टी लाग्ने गर्छन्। यतिखेर पुतली लगायत चराचुरिङ्गी पनि नयाँ सन्तान हुर्काउँन तिर लाग्छन्। त्यसैले पूर्वी सभ्यतामा बसन्त ऋतु आगमनको संकेत दिने यो समयलाई नयाँ बर्षको रुपमा लिने गरिएको हो।
 
Image: Chhatra Magar myself
चीनमा प्रत्येक बर्ष जनवरी २५ तारिक तिर मनाइने नयाँ बर्षलाई बिशेष त 春(Chūnखान्जी अक्षरले सांकेतिक रुपमा लिनुले पनि बसन्त ऋतुले प्राकृतिक र सांस्कृतिक दुवै पक्षहरुमा ठूलो महत्व राख्ने तथ्य बुझ्न सकिन्छ।  नयाँ जीवनको शुरुवात हुने यो समय वास्तव मै नयाँ बर्षका लागि मनन योग्य छ। जापानमा मनाइने सेचुबन नो ही पनि आठौं शताब्दितिर चीनबाट भित्रिएको बिश्वास छ। नयाँ बर्ष मनाउँने क्रममा मानसिक र शारिरीक दुबै अर्थले बिना अप्ठ्यारो नयाँ जोश जाँगर सहित नयाँ दिन शुरुवात गर्ने बिश्वासमा सौभाग्यलाई घरमा भित्र्याउँदै नकारात्मक अलक्षणलाई बाहिर धपाउँन फुकु र ओनीको पूजा गर्ने परम्परा स्थापना भएको हो भन्ने तथ्य बुझ्न सकिन्छ।



No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery