Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

जापानी भाषा सिकौं

Image:  https://www.japantimes.co.jp/ 失敗 ( しっぱい ) は 成功 ( せいこう ) の 基 ( もと ) : असफलता नै सफलातको सिंढी हो – भन्ने भनाई छ। दैनिक रुप...

Image: https://www.japantimes.co.jp/

失敗(しっぱい)成功(せいこう)(もと)असफलता नै सफलातको सिंढी हो – भन्ने भनाई छ।

दैनिक रुपमा मौखित र ब्यावहारिक रुपले जापानीज भाषा बोल्न जति सजिलो महशुस हुन्छ त्यति लेखपढ गर्न सजिलो हुदैन। यसको कारणहरु मध्ये एउटा यो भाषामा भएका न्यूनतम उच्चाहरण आवाजका  प्रकारहरुले गर्दा पनि हो।  कतिपय शब्दहरु फुरिगानाले लेख्दा एउटै फोनेटिक साउण्ड देखिएतापनि समय र परिस्थिति अनुसार त्यसको शाब्दिक अर्थ भने भिन्नाभिन्नै छनक दिने गर्छ। त्यसैले यि शब्दहरुलाई समय परिस्थिति अनुसार छुट्टा छुट्टै खान्जी इमेज क्यारेक्टरले लेख्दा भने छुट्टयाउँन सजिलो पर्छ। यसरी चाइनीज भाषामा चलाइने खान्जीले आधाँउधी लिखित जापानीज शब्दहरु ओगट्ने भएकोले संसारको जटिल भाषाको रुपमा चाइनिज पछि जापानीज भाषालाई पनि लिन सकिन्छ। स्मरणहोस्, जापानीभाषाको खान्जीमा प्रयोग हुने कुन योमी (訓読み:くんよみ)जापानीज भाषाको आफ्नै बिशेष खान्जी उच्चाहरण हो भने, ओन योमी (音読み:おんよみ) उच्चाहरणले चाईनीज खान्जीको मूल आवाजलाई प्रतिनिधित्व गर्दछ। भाषा सूचना अनुसार कुन योमी खान्जीको उच्चाहरण चीनियाँ अक्षरसंग नमिले पनि अर्थ भने मिल्न सक्छ।

(れい)(うま)走行(そうこう)距離(きょり)500m走り回りました(はしりまわりました)。(走=そう:おんよみ、走=はし・り:くんよみ)


खान्जी (漢字:かんじ)एक इमेज क्यारेक्टर हो जसको बिकास आदिमकालका चीनियाँ स्कलरहरुले बस्तुको आकार, उत्पत्ति र प्रयोगको आधारमा गरेका थिए।

खान्जीका केही बिज्ञहरुले यो एउटा आफैमा कलात्मक कथा हो भनेका छन्। यदि यसलाई नियमित तरिकाले पढ्न सिक्न सकिएन भने दैनिक जीवनशैलीको ब्यवहारिकतामा ढालेर गेम खेले जस्तै रमाईलो तरिकाले सिक्न सकिन्छ।


बिशेष सीप भएका नेपाली कमदारले जापानमा रोजगार पाउँने भन्ने नयाँ समचारले जापानीज भाषा पढ्ने नेपालीको संख्या बढ्न थाले यता जापानी भाषा पढाउँने भाषा स्कूलहरु पनि धैरै खुलेका छन्। कतिले ईन्टरनेट होमपेज, एप्प र यूउट्युबको माध्यमद्वारा नेपाली माध्यमबाट जापानीज भाषा सिकाउँने कक्षाहरु संचालन गरेका छन्

यस मध्ये जापानमा रहनु हुने तेजप्रकाश गुरुंगको इकीगाई कम्पनीले बिकास गरेको जापानीजभाषा डटकम ( https://www.japanesebhasa.com/) साइटले पनि यूउट्यूब भिडियो कक्षा, मोबाइल एप्प र लेखहरु नेपाली माध्यमद्वारा जापानीज भाषा सिकाउँने प्रयास गरेको छ।
Learn Japanese in Nepali – Nepali Jisho :
Ios Store – https://apple.co/2UebHF7
Play Store – https://bit.ly/2MPMiQt

JLPT in Nepali :
Ios Store – https://apple.co/3470cnj
Play Store – https://bit.ly/2MVnVB0

Youtube channel: Nepali Jisho


2020ねん日本語能力試験実施案内にほんごのうりょくしけんじっしあんない(パンフレット) 



No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery