Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

आज सेप्टेम्बर १ तारिक । प्रकोप रोकथाम दिवस ।

  प्राकृतिक बिचलनलाई एक्कासी न रोक्न सकिन्छ , न छेक्न सकिन्छ। यो बिकराल अथाह शक्तिको कारणले नै मानव समुदायले भगवान , देवी देवता देखि राक्षस ...

 

फोटोः आसाही सिम्बुन अनलाइन

प्राकृतिक बिचलनलाई एक्कासी न रोक्न सकिन्छ, न छेक्न सकिन्छ। यो बिकराल अथाह शक्तिको कारणले नै मानव समुदायले भगवान, देवी देवता देखि राक्षस भूतप्रेत जस्तो मनोबैज्ञानिक धारणा राख्दै आएका छन्। त्यसैले यस्तो प्रकोपबाट बच्न पाउँदा भगवानले साथ दिएको ठानिन्छ भने हानीनोक्सानी पुर्याउँदा भूतप्रेत देवी देवता रिसाएको ठानिन्छ।

 

जापानमा बर्षेनी भुकम्प, सामुन्द्रिक आँधिबेरी(टाइफु), बाढी, चुनामी जस्ता प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुनेगर्छ। यसलाई पूर्णरुपमा रोक्न नसकेपनि हुन सक्ने क्षतिलाई कम गराउँन अग्रिम चेतावानी प्रसारण गर्ने, म्याप तथा मौसम बिज्ञानको जानकारी दिने, शरण बास लिने सुरक्षित केन्द्रहरु तयारी गर्ने गरिन्छ। केन्द्र, प्रिफेक्चर, सिटी, टोल सबै तहबाट यो संयन्त्रलाई परिचलान गरिन्छ। सबै भन्दा ठूलो कुरा यि प्रकोपहरुबाट बच्न ब्यक्ति ब्यक्ति तथा घर घरमा रोकथामका पूर्व तयारी रहने तालिम लिने दिवस हप्ता भरी ठाउँठाउँमा आवश्यकता अनुसार संचालन गरेको पाइन्छ। दमकल विभाग, प्रहरी, सेनाका तालिम प्राप्त प्रशिक्षकहरु यि कामका लागि खटिएका हुन्छन्। ठूल्ठूला कम्पनीमा पनि यसलाई संचालन गर्ने विभागीय कर्मचारी खटिएका हुन्छन्।

 


कोभिड-१९ को माहमारी बर्ष परेको यो साल धेरै ठाउँमा धेरै ब्यक्तिहरु बिच यो रोकथाम तालिम संचालन गर्न संक्रामणको डर हुने भएकोले अनलाईन गेमको रुपमा जनता माझ पुर्याउँने कोशिस पनि गरिएको छ। यसका लागि निकै चर्चा कमाएको “डोबुचु नो मोरी (जनावरको जंगल)” निटेण्डो डिएसको गेमकोनसोलसंग तालमेल गरेको देखिन्छ। यसरी सामाजिक तथा कल्याणकारी कामको लागि पनि अनलाइन गेमको माध्यमबाट शिक्षा तथा तालिम दिने काम शुरुवात हुन थालेको देखिन्छ। समय अनुसार गेम र अनलाइन रुचाउँने जनता माझ यो तरिकाले निकै प्रभाव जमाउँने संभावना छ।

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery