Skip to main content

ब्यक्तिगत सूचनाको गोपनियताः ब्यक्तिको नैसर्गिक हक अधिकार

Photo: https://rightsinfo.org/
No one shall be subjected to arbitrary interference with his privacy, family, home or correspondence, nor to attacks upon his honor and reputation. Everyone has the right to the protection of the law against such interference or attacks. – UN: Universal Human Rights Declaration
संयुक्त राष्ट्रसंघ, मानवअधिकार बिश्वब्यापी घोषणापत्रको आर्टिकल १२ ले ब्यक्तिगत सूचना एवं जानकारी गोप्य गरी पाउँने अधिकार सामान्य मानिस सबैलाई ग्यारेन्टी गरेको छ। यसैलाई आधार मानेर सदस्य राष्ट्रहरुले कुनै पनि ब्यक्ति कानूनत अपराध नठहरिए सम्म उसको सबै ब्यक्तिगत सूचनालाई गोप्य राख्‍न र हानी नोक्सनी हुने गरी प्रयोग गर्नबाट अन्य ब्यक्ति वा संस्थालाई पनि बन्देज तथा रोकथाम गर्ने उदेश्यले कानून एवं नियम निर्माण गरी कार्यन्वयन गरेको हुनुपर्छ। त्यसैले एउटा ब्यक्ति वा नागरिकले आफ्नो ब्यक्तिगत सूनचा गोप्य गरी पाउँने अधिकार नैसर्गिक हक बन्न पुगेको छ।

सामान्यतया बेखबर गाउँलेहरु निस्फिक्री आफुसंग नमिल्ने ब्यक्तिको खेदो गर्छन्। कतिपयले परिवार सबैलाई जोखिममा मोल्ने हिसाबले नराम्रो कुराहरु काट्ने, धम्की दिने र आफै मपाँई स्वभाव देखाउँने पनि गर्छन्। यसै गरी कुनै लोभलालचमा परेर होस वा अपराध नियतले होस, जोखिममा पार्ने गरी ब्यक्तिगत सूचनालाई जताभावी प्रयोग गर्ने वा दोस्रो ब्यक्तिलाई दिने खराब नियतका मान्छेहरु पनि हुन्छन्।  तर आफु बेखर छु भन्दैमा अपराध गर्ने छुट कसैलाई पनि छैन।  

बढ्दो संचार प्रविधि र इन्टरनेटले सूचना आदान प्रदान सबैको लागि आफ्नै हातमा आएको छ। इन्टरनेट जोडिएको मोबाइलबाट संसार कै कुना कुना सम्म आफुले चाहेको समय र तरिकाले जोडिन सकिने भएको छ। ब्यक्तिगत गोपनियताको सुरक्षाका लागि भने फाइदा संगसंगै जोखिम बढ्दो छ।  सबैले बन्दुक बोकेर स्वतन्त्रताको कुरो गर्दा गर्दै आफु बिचमा झगडा भएर एकले अर्कालाई निशाना बनाउँने खतरा जस्तो स्थिति "गोपनियताको सुरक्षा" र सूचना प्रविधि बिच रहेको छ। यहाँ समसामयिक नियम कानून, चेतना र संचार प्रविधिको स्तर संगसगै  "गोपनियताको संरक्षण"   गर्ने प्रविधिको पनि बिकास हुनुपर्छ। 

सोसियल मेडिया फेसबुक, टुइटर, युउट्यूब आदिमा अछुत रहने यो समय सायद कम होलान्। सही ढंगले प्रयोग गर्दा यि प्रविधिले धेरैलाई सबै थरिका आधारभूत ज्ञान तथा सूचना दिने गरेको छ।  नयाँ कुरा खोज्‍ने-सिक्ने देखि लिएर बिर्सेका कुराहरु पुनः जानकारी लिन समेत गुगल, बिंग, याहो जस्ता ठूला सर्च इन्जिनहरुको दैनिक धेरैले दैनिक गर्ने गरेका छन्। तर कतिपय खराब मनासय बोकेका प्रयोगकर्ता एवं सर्भिस प्रोभाइडरले अन्य ब्यक्ति वा संस्थाई प्रतिकुल असर पार्नेगरी सूचना सार्वजनिक गर्न पुग्दा ब्यक्तिगत गोपनियताको सुरक्षा भंग हुन गई प्रतिकुल प्रत्यक्ष अप्रत्यक्ष असर परेको मुख्य समाचार बन्ने गरेको छ।

सन् २०१४ मा यूरोपियन न्यायलयले गुगललाई दिएको  "उल्लेख गर्न नपाउँने अधिकार" वा"right to be forgotten" परमादेश अनुसार गुगल र यसको सर्च इन्जिन प्रयोग गर्ने आइटी प्लाटफर्मलाई धेरै असर पार्यो। यसैगरी फेसबुकले ब्यबसायिक नाफाको लागि आफ्ना बढ्दो प्रयोगकर्ताको ब्यक्तिगत सूचना दोस्रो कम्पनीलाई एक्सेस दिने गरेको मुद्दाले समय समय अमेरिका, यूरोप, तथा अन्य राष्ट्रहरुको संसदमा भएका छलफलमा फेसबुक माथि आरोप प्रत्यारोप लाग्ने गरेको छ। आईटी ए आईको नाममा उपभोक्ताहरुको ब्यक्तिगत सूचना, रुची र दिनचर्या आदि गोप्य ढंगले बटुलेर ब्यापार बढाउँने नीति पनि आफैमा गोपनियताको हनन् कृयाकलाप जस्तै हुन्।

आईटी (IT : Information Technology) प्रविधिले सूचना डाटाबेसमा ल्याएको कृत्रिम विवेक  (AI: Artificial Intelligence)  बिकासले मानव यन्त्रलाई झनै बुद्धिमत्ता बनाउँदै गएको छ। हामीले दैनिक वेबपेज तथा एप मार्तफ इनपुट गेरका शब्द वा प्रतिक्रियाहरुलाई AI प्रोग्राम कोडींगद्वारा सर्भरको डेटाबेसमा स्टोर गरिन्छ। यसको जलन्त उदाहरणमा Google "hi google", Windows "Cortana", iOS "Siri", Amazon "Alexa" लाई लिन सकिन्छ। यिनले भाषा समेत बुझ्न थालेको हुनाले अनलाइन ट्रान्सलेसन प्रविधिलाई पनि सजिलो बनाएको छ। तर यसको प्रयोग अनियमित तरिकाले हुन पुग्दा ब्यक्तिगत गोपनियता भंग हुने, ब्यक्तिगत अधिकार माथि खतरा बढ्ने र सूक्ष्म ब्यापार प्रतिस्पर्धाले  Search Engine Results Pages (SERP) लाई नै गलत ढंगले प्रस्तुत गरिने घटनाहरु देखिन थालेको छ।

इन्टरनेटद्धार भिडियो तथा फोटो शेयरींगको शुरुवातसंगै अपराधीक मानसिकता भएका ब्यक्तिहरुले ब्लाकमेल, रिभेन्ज, डिपफेक गरेर अरुलाई दुःख दिने गरेका छन्। कतिपय पिडितहरुले ति कुराहरुबाट आफुलाई परेको पिडा सहन नसकेर आत्माहत्या गर्ने गरेको समाचार धेरै आउँने गरेकोछ। आफ्नै पहिलेको श्रीमान वा ब्याँईफ्रेन्डसंग पछि कुरो नमिल्दा पहिला दुबैको सहमतिमा मिलेर खिचेका बेडसिन फोटो तथा भिडियो सार्वजनिक हुन पुग्दा धेरै महिलाहरुले आफ्नो सामाजिक सम्मान गुमाउँन पुगेका छन्। 

प्रविधिको बिकाससंगै अपराधी कृयाकलापले पनि डिपफेक लिन थालेको कुरा केही बर्ष अघिबाट सार्वजनिक हुन पुगेको छ। फोटो मात्र नभएर भिडियोमा समेत दुरुस्त ब्यक्तिको क्लोनको रुपमा समावेश गर्न सकिने यो प्रविधिको शिकार राष्ट्रपति देखि नेता, नायिका, नायक पनि भएका छन्। भिडियो ग्राफीसंगै अडियो पनि दुरुस्त उत्पादन गर्न सकिने यो प्रविधिको गैर जिम्मेवारीपूर्ण प्रयोगले डिपफेक (#DeepFake) स्क्याण्डललाई प्रसय मिलेको छ।

छत्र मगर
chhatra_magar@hotmail.com

यस बारे सम्बन्धित स्रोतहरुः

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

Mahakali River Treaty Between Nepal and India (Unverified)

TREATY-- HIS MAJESTY'S GOVERNMENT OF NEPAL AND THE GOVERNMENT OF INDIA CONCERNING THE INTEGRATED DEVELOPMENT OF THE MAHAKALI RIVER INCLUDING SARADA BARRAGE, TANAKPUR BARRAGE AND PANCHESHWAR PROJECT (1996) His Majesty's Government of NEPAL and the Government of INDIA (hereinafter referred to as the "parties") Reaffirming the determination to promote and strengthen their relations of friendship and close neighborliness for the co-operation in the development of water resources; Recognizing that the Mahakali River is a boundary river on major stretches between the two countries; Realizing the desirability to a treaty on the basis of equal partnership to define their obligations and corresponding rights and duties thereto in regard to the waters of the Mahakali River and its utilization; Noting the Exchange of Letters of 1920 through which both the Parties had entered into an arrangement for the construction of the Sarada Barrage in the Mahakali rive...

WHO Air Quality Index: Coping with daily health

AI generated post The Air Quality Index (AQI) is a standard way of showing how clean or polluted the air is, and what it means for human health . It’s usually based on pollutants like: PM2.5 (fine dust, most harmful to lungs) PM10 (larger dust particles) O₃ (ozone) NO₂ (nitrogen dioxide) SO₂ (sulfur dioxide) CO (carbon monoxide) 🌍 General AQI Health Categories (US EPA / WHO scale) AQI Level Category Health Implications 0~50 Good ✅ Air is clean. No risk. 51~100 Moderate ⚠️ Acceptable, but sensitive groups (asthma, children, elderly) may feel mild effects. 101~150 Unhealthy for Sensitive Groups Sensitive people may experience breathing discomfort, especially outdoors. 151~200 Unhealthy ❌ Everyone may start feeling health effects (coughing, throat irritation, shortness of breath). 201~300 Very Unhealthy 🚫 Health alert: significant risk ...

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल...

अन्तिम संस्कार: बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर

🙏 हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏 ॐ श्री मातृपितृ चरणकमलेभ्यो नमः ।। संसारी मायाँ बिचित्र मरेर के पो लान्छ र। नगर ब्यर्थै लोभी मन छोडेर जान्छ ब्यर्थैको धन।। आखिर एक पेट खानु छ हासी खुसी जिउनु छ। अधर्म कहिले न सोच्नु  सके पुण्य कमाउनु ।। हाम्रो पूजनिय बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर बि.सं. २०८१ साल ४ महिना ११ गते (AD2024-7-26) शुक्रबार विहान सबेरै ३:१५ बजे तिर आफ्नो पार्थीव शरिर त्यागेर अनन्त्य स्वर्गबास हुनुभएको थियो। केही दिन अघि उपचारको क्रममा धरान बिपि मेमोरियल अस्पतालमा उपचारत हुदै गर्दा स्वंय बुबाको अन्तिम ईच्छाले चाहे अनुसार खटिएका डाक्टर एवं परिवारका सदस्यहरुको राय सल्लाहले बिहिबार बेलुकी आफ्नै दमक निवासमा फर्किनु भएको थियो। मुत्यु हुँदा रातको समय घरमा आमा, दिदीभिनाजु, बुनुनातिनी थिए भने बुनुनातिनीले बुबाको प्राण गइसकेको कुरा पहिले बिहान ३:३० बजेतिर थाहा पाएकी थिइन।   नागरिकताको रेकर्डलाई आधार मान्ने हो भने बुबाको जन्म २००० साल चैत्र २५ गते (1944-4-06) भएको हुँदा ८१ बर्षको उमेरमा मृत्यु भएको देखिन्छ। बुबा एक दशक पहिले देखि उच्च रक्तचाप एवं म...


Top